• पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ स्थित झुलनीपुर नाकाबाट सुस्ताका १९ वर्षे बिनोद बिकले २ जना युवतीलाई भारततर्फ लग्दै गरेको अवस्थामा शनिबार सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
    सशस्त्र प्रहरीले भारततर्फ जादै गरेको अवस्थामा २ जना युवती सहित सुस्ताका १९ वर्षे बिनोद बिकलाई झुलनीपुर नाकाबाट पक्राउ गरेको प्रहरी निरिक्षक सन्तोष खरेलले बताए ।
    पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ बस्ने १९ बर्षिय बिकले आफ्नो साथमा उर्लाबारी नगरपालिका वडा नं. ३ मोरङ बस्ने २६ बर्षिया युवती र पिकु गाउँपालिका वडा नं. १ दोलखाको बस्ने २७ बर्षीया युवती समेत गरि दुई जना युवतीहरुलाई भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
    सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सन्तोष खरेलको नेतृत्वमा खटिएको टोलीले शंकाको आधारमा सोधपुछ गरे पछि ति युवतीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका सूचना अधिकारी माधव रेग्मीले बताए ।
    उक्त व्यक्तिहरुलाई आशंकामा नियन्त्रणमा लिई थप अनुसंधान तथा आवश्यक ब्यवस्थापनको लागी नेपाल प्रहरी तथा माईती नेपाललाई बुझाईएको सशस्त्र प्रहरीले सूचना अधिकारी रेग्मीले बताएका छन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…