• काठमाडाैं, ७ फागुन

     ७ फागुन २०७८ शनिबार । तदनुसार १९ फेब्रुवरी  २०२२ । फागुनकृष्ण पक्ष तृतीया तिथि, उत्तरफागुल्नी नक्षत्र, चन्द्रमा कन्या राशिमा रहेको छ । सूर्योदय बिहान ६ः४० मा भएकाे छ भने सूर्यास्त १७ः५७ मा हुनेछ । आजको देवता जल र ग्रहदेव राहु रहेको छ ।

    आज बिहान राहुकाल ९ः२९ देखि १०ः५४ सम्म रहेको छ । ११ः५६ देखि १२ः४१ सम्म अभिजित मुहूर्त रहेको छ । आज  शं शनैंश्चराय नमः मन्त्रोचारण गर्दा शुभ फल प्राप्त हुनेछ । शनिवारको दिन पिपलको बृक्षमा जल अभिषेक गर्दा उत्तम हुनेछ ।

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारबाट लाभ मिल्नेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुँदै जानेछ । परिवारको साथ सहयोगले  तपाईंको कार्योजना सफल हुनेछ । यात्राबाट तपाईंलाई फाइदा हुनेछ । त्यसैले आज यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु वेश हुनेछ । शनिदेवको आधरना गर्नु उत्तम हुनेछ ।   

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन अर्थलाभ हुनेछ । ब्यापारको कामबाट फाइदा  हुनेछ । तपाईं सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ ।    

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन तपाईंलाई परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै बेस हुनेछ ।     

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । विहान सूर्यनारायणलाई जल अभिषेक गर्नुहोला । आजको दिन कसैसँग विवाद हुने काम नगर्नु होला ।   

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ ।   दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईंलाई आर्थिक लाभ समेत हुनसक्नेछ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंको आज आफन्तसँग सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुने योग रहेको छ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्यनारायणको दर्शन गर्नुहोला । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नुहोला ।    

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।   

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राको अवसर र संभावना दुवै हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । 

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : देवालय र शिवालयको यात्राले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् ।      

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।   

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : अध्यात्मिक कार्यमा आजको समय व्यतित गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा पुग्नेछ  । तपाईका लागि आजको दिन आफन्तजनहरुसँगको भेटघाटले मनमा खुसियाली छाउनेछ । सामाजिक कामको समय खर्च हुनेछ । अध्यात्मयात्राले मनमा शान्ति छाउने छ । आफूभन्दा ठूलाको सम्मानबाट तपाईलाई आत्मिक शक्ति प्राप्त हुँदै जानेछ । 

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…