• अर्घाखाँची, ८ फागुन 

    पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-३ मा रहेकाे गौरी आधारभुत विद्यालयमा ट्राउजर, स्वीटर, मोजा, टोपीलगायत न्याना पाेशाक वितरण गरेकाे छ ।

    न्यानाे अभियानअन्तर्गत शिशु कक्षादेखि पाँच कक्षासम्मका ५६ जना विद्यार्थीलाई कपडा वितरण गरेकाे संस्थाका सदस्य सन्ताेष बन्जाडेले जानकारी दिए ।

    कपडा वितरणका क्रममा संस्थाका अध्यक्ष पारस मरासिनीले आगामी दिनहरूमा पनि भूमिकास्थान नगरपालिकासँग सहकार्य गरी सहयोगमा जुट्ने प्रतिबद्धता जनाए । 

    कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले पहिलो पाइलाले नगरपालिकासँग सहकार्य गर्दै सहयाेग गरेकोमा धन्यवाद व्यक्त गरे । थापाले आगामी दिनमा पनि नगरभित्र रहेका विपन्नलाई सहयाेगका लागि आग्रह गर्ने बताए । 

    वडा अध्यक्ष बालकृष्ण बन्जाडेसहितकाे उपस्थिति र संस्थाका सहसचिव रमेश पछाईकाे संचालन रहेकाे कार्यक्रमको संस्थाकै सदस्य सन्तोष बन्जाडेले संयाेजन गरेका थिए । सामाजिक गतिविधिमा सक्रिय याे संस्था यस क्षत्रकै चर्चित सामाजिक संस्था हाे । संस्थाले यहि वर्षभित्रै करिब तीन सय विद्यार्थीलाई सहयाेग गरिसकेकाे छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…