• उदयपुर, १२ फागुन

    अमेरिकन सहयोग नियोग मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा ६ राजनीतिक दल र दुई मोर्चाले जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेका छन् ।  

    एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नु पर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिकता मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेका हुन् ।

    नेपाली जनताको इच्छा विपरीत एमसीसी सरकारले जबरजस्ती सदनबाट पास गरे आन्दोलनले थप कडा रूप लिने नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर ओखलढुङ्गा इन्चार्ज विवेक कुमालले चेतावनी दिए । उनले ५५ अर्बमा देश बेच्न लागिएको आरोप लगाएका छन् ।

    जनताको इच्छा विपरीत भएकाले उनले एमसीसी खारेज हुनुपर्ने बताएका छन् । एमसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारविरुद्धमा रहेको कुमालको दाबी छ ।

    नेकपा विप्लवका केन्द्रीय सदस्य तथा इन्चार्ज कुमालले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन् ।

    AvatarAvatar

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…