२०७४ फाल्गुन १७
फोरमले तीन वटा मन्त्रालय मागेको छ । ‘हामीले सुरुमा एक मन्त्री र एक राज्यमन्त्री भनेका हौं ।
दुई वटासम्म दिन सकिन्छ’ वार्तामा सहभागी एक नेताले भने ।
मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ ।
संविधान संशोधनमा भने तीन दलबीच लगभग सहमति जुटेको छ ।
एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
माअोवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा सहमति जनाइसके पनि फोरमले सरकारमा जान इन्कार गरेको छ।
राजपाले हिजो मात्र संविधान संशोधनको मुद्दामा सरकार गम्भीर नभएकाले सचेता रहन फाेरमलाई चेतावनी दिएको थियो ।
राजपाको उक्त असभव्यक्तिले फोरम बिच्किएको विशेष सुत्रहरु बताउँछन् ।