•  

    काठमाडौं, २३ फागुन

    काभ्रेको भुम्लु गाउँपालिकाकामा रहेका विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । हजुरलाई नमस्ते परोपकारी संस्थामार्फत भुम्लुका ती १७ वटा विद्यालयका एक हजार ७ जना विद्यार्थीलाई निःशुल्क कपडा वितरण गरिएको हो । 

    जनता मावि कोलाँती भुम्लु, अरुणोदय मावि सिम्थली र सेतीदेवी आधारभूत विद्यालय कामिडाँडालगायतका विद्यार्थीहरूलाई सामाग्री हस्तान्तरण गरिएको हो । यसअघि पनि पहिलो चरणमा सोही गाउँंका १४ विद्यालयका विद्यार्थीहरूलाई यस्तै सामग्री वितरण गरिएको थियो । 

    हजुरलाई नमस्ते परोपकारी संस्थाले परोपकारीहरुबाट संकलन गरेको कपडा वितरण गरिएको हो ।  रोटरी क्लबका कञ्चन शर्मा र निर्मला शर्मा कोइराला, अभियानका सदस्य शेरबहादुर कुँवर, फाल्गुण कुँवर, वडा नम्बर ६ का अध्यक्ष भरतबहादुर शिवभक्त, वडा अध्यक्ष कृष्णकुमार कार्कीलगायतका उपस्थिति कपडा वितरण गरिएको हजुरलाई नमस्ते परोपकारी संस्थाका संयोजक ताराबहादुर कुँवरले बताए ।
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…