• काठमाडौं, १३ फागुन 

    नेपाली साहित्यका प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरू शुक्रबार राजधानीमा एक कार्यक्रमबीच वितरण गरिएको छ ।

    भैरव पुरस्कार गुठीले गरेको कार्यक्रममा गुठीका अध्यक्षसमेत रहेका वरिष्ठ साहित्यकार रोचक घिमिरेले २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरे । यो पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।

    पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो । एक लाख एक हजार एक सय ११ रुपैया राशीको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारितालगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जोकोहीलाई अब वर्षेनी प्रदान गरिने गुठीका अध्यक्ष घिमिरले जानकारी दिए । त्यस्तै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरियो । 

    कार्यक्रममा पुरस्कृत स्रष्टाहरू क्रमश ः ग्वगं, लुँइटेल र भौकाजीको योगदानबारेमा क्रमशः श्रीओम श्रेष्ठ रोदन, डाक्टर रमेश शुभेच्छुक र दिव्य गिरीले प्रकाश पारेका थिए । पूर्वमन्त्री तथा प्रदेश सभासद् रामेश्वर फुयाल तथा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समृद्ध साहित्यले समन्नुत समाज निर्माणमा सहयोग गर्ने भएकाले साहित्यको विकासका लागि मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता जनाए । 

    सोही अवसरमा ‘सम्झना भैरव स्मृतिग्रन्थ’ को विमोचन गरिएको थियो । विमोचित कृतिको समीक्षा गर्दै वरिष्ठ पत्रकार तथा गुठीका उपाध्यक्ष विजय चालिसेले नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रमा अर्यालको योगदान अतुलनीय रहेको बताए ।  

    यसैबीच गुठीको आजै सम्पन्न साधारण सभाले रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा अजीत नेपाल रहेका छन् । त्यस्तै सदस्यहरूमा बद्री अर्याल ,रश्मी शर्मा, गोपाल बराल, प्रा. डा. दीपक अर्याल, उद्धव रायमाझी, गोविन्द घिमिरे ‘वेदमणि’, मेनका पोखरेल, घनश्याम प्रसाई र निर्मल अर्याल रहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…