• ‘यो हाम्रो पथरी शनिश्चरे...’ मञ्च अगाडी यही बोलको नगरगितमा कलाकारहरु छमछम नाचिरहेका थिए भने मैदानको पूर्ब पश्चिममा युवाहरु वामअप गरिरहेका थिए । आकासमा दुईवटा क्यामरा उडिरहेका थिए भने च्याब्रुङ र ढोल झ्याम्टा उत्तिके घन्किरहेका थिए । 
    हर्सित मोडमा उपस्थित अतिथि र दर्शक दीर्घालाई आयोजकले भन्दै थिए ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ ।
    दृश्य हो बिहिबार मोरङको प्रस्ताबित पथरी रंगशालामा भएको दोस्रो ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ उद्घाटन कार्यक्रमको ।
    पथरीशनिश्चरेमा फुटबल खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्य राखेर आयोजित ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ बिहिबारदेखि दोस्रो संकरण सुरु भएको हो । 
    उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख दिलिपकुमार राईले नगरमा फुटबल, क्रिकेट र बुद्धिचाल (चेस) प्रतियोगिताले स्थानीय खेलाडीको उत्पादनको साथै नगरपालिकाको प्रचारमा टेवा पुग्दै आएको बताए । यी खेल र खेलाडी बिकासको लागि नगरपालिकाले पर्याप्त सहयोग गर्दै आएको बताए । 
    कार्यक्रमको बिशिष्ट अतिथि अखिल नेपाल फुटबल संघ मोरङ जिल्ला अध्यक्ष दीपेन्द्र धिमालले प्रिमियर लिगले पथरीशनिश्चरेमा खेलाडी उत्पादन गर्दै आएको बताए । धिमालले पथरीशनिश्चरे नगरका खेलाडीहरु नेपालको ए, बी र सी डिभिजनको साथै मोरङ जिल्ला ब्यापी फुटबल प्रतियोगतामा प्राय सबै टिममा पथरीशनिश्चरेका फुटबल खेलाडी रहने गरेको बताए । धिमालले बिकासको ब्याख्या सडक निर्माण, विद्युत विस्तार मात्र नभएर खेलकुदलाई समेत लिनुपर्ने बताए । कार्यक्रममा लिगको टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको तर्फबाट राम बानियाले शुभकामना मन्तब्य राखेका थिए । 
    कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका निमित्त प्रमुख इन्स्पेक्टर कमल राजबंशी, चलचित्र कर्मी (नायक) रमित ढुङ्गाना, पथरी क्याम्पस प्रमुख चेतन पौडेल, पञ्चायत माबिका प्रमुख अर्जुन बुढाथोकी, स्थानीय समाजसेवी प्रदिपकुमार राई, भीम राई, कमल हाङबाङ, प्रेम ढकाल, गणेश थक्लुङ, वडा अध्यक्षहरु गोबिन्द भण्डारी, कपिलमणी ढकाल, भलिबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष रबिन राई लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा रेड स्टार बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले नगर गितमा नृत्य प्रस्तुत गरेका थिए भने अन्नपुर्ण स्कुलमा बालबालिकाहरु कार्यक्रममा सहभागि रहेका थिए । आयोजक समितिको अध्यक्ष संजिप गिरीको सभापतित्वमा भएको उद्घाटन अघि लिम्बू समुदायको च्याबु्रङ, राई समुदायको साकेला नृत्य प्रस्तुत भएको थियो । उद्घाटन कार्यक्रम सचिव मनि लिम्बूले सञ्चालन गरेकाथिए । 

     उद्घाटन खेलमा शिखर एफसी बिजयी
    बिहिबार भएको ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को उद्घाटन खेलमा बीएण्डबी वाइजीएफटी विरुद्धको खेलमा शिखर एफसीले संघर्ष पूर्ण जित निकालेको छ । 
    खेल सुरुवातदेखि नै संघर्ष पूर्ण रहेको थियो । पहिलो हाप गोल रहित बरबारी भएपनि दोस्रो चरणको खेलमा वाइजीएफटीलाई १–० गोल अन्तरले पराजित शिखर एफसीले लिगमा ३ अंक प्राप्त गर्न सफल भएको हो । शिखर एफसीको लागि दोस्रो हापको १० मिनेटमा सौरब राउतले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच शिखर एफसीको गोलकर्ता राउत घोषित भए । उनले नगद तीन हजार प्राप्त गरे । 
    ‘बिएण्डबि’ वाइजीएफटीबाट सञ्जय राई, साइन राई, निमन लिम्बू, रुपेश श्रेष्ठ जस्ता खेलाडीरु मैदान उत्रिएका थिए ।  
    शिखर एफसीबाट साइमन लिम्बू, अर्जुन बस्नेत, निरज परियार (काउली), समिर कटुबाल जस्ता उदाउदो स्टार खेलाडीहरुले मैदानमा थिए । भोलिको खेल डिफेन्डिङ च्याम्पियन टेन नवोदय र वाईएफसी (भुटानी शरणार्थी)टिम वीच प्रतिस्पर्धाहुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए । 

    उपाधि बिजेता क्लवले २ लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने लिग आयोजक समितिको कोषाध्यक्ष श्रीहाङ राईले बताए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने आयोजक समितिको सचिव मनि लिम्बूले बताए । 
    यो सीजनमा ग्रुप ‘ए’मा वाइजीएफटी, शिखर, टेन नवोदय, वाइएफसी र ‘बी’ मा देबिगञ्ज, सिरिजंङ्गा, न्युस्टार र द रियल ब्रदर भिड्ने भएको छ । 

     


     

सम्वन्धित समाचार

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…