• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को सुक्रबार भएको खेलमा वाईएफसी (भुटानी शरणार्थी) टिमलाई ३–१ गोल अन्तरले पराजित डिफेन्डिङ च्याम्पियन टेन नवोदयले ३ अंक प्राप्त गरेको छ । 
    खेल सुरु भएको ३३ औं मिनेटमा डिफेन्डिङ च्याम्पियन टेन नवोदयका खेलाडी बिबेक लिम्बूले पहिलो गोल गर्दै आफ्नो टिमलाई अघि बढाएका थिए । दोस्रो हापको १३ औं मिनेटमा वाईएफसीका भीषन राईले १ गोल फर्काउदै खेल फर्काउने प्रयास गरेका थिए । 
    खेलको २९ मिनेटमा वाईएफसीका सुबास राई र ३७ औ मिनेटमा अमृत राईले आत्माघाती गोल गरेपछि टेन वनोदय फराकिलो गोल अन्तरले बिजयी गरेको हो । आजको खेलको म्यान आफ द म्याच टेन नवोदयका गोल कर्ता बिबेक लिम्बू घोषित भए । लिम्बूलाई पथरी उद्योगा वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङको हातबाट नगद ३ हजार र ट्रफि प्रदान गरिएको थियो । 
    भोली शनिबारको खेल ग्रुप बीको देविगञ्ज र सिरिजंङ्गा एफसीवीच प्रतियोगिताको तेस्रो खेलहुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए । बिहिबारको खेलमा वाईजीएफटीलाई पराजित गर्दै शिखर एफसीले ३ अंक प्राप्त गरेको थियो । 


     

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …