• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज (शनिबार) भएको खेलमा सिरिजङ्गा एफसीले गोलको बर्षा गरेको छ । 
    सिरिजङ्गाले ० को बिरुद्ध ३ गोल गर्दा देबिजंज एफसी स्तब्ध बन्यो । सिरिजङ्गाको तर्फबाट पहिलो हापको अन्तिम समयमा जहरमान लिम्बूले गोल गर्दै आफ्नो टिमलाई अगाडी बढाएका थिए ।  
    दोस्रो हापको पहिलो मिनेटमै सिरिजङ्गा एफसीबाट बिशाल साम्बा र इन्जुरी समयमा संयोग थापाले गोल गर्दै आफ्नो टिमलाई सानदार जित दिलाएको हो । खेलको म्यान अफ द म्याच सिरिजङ्गाकै रोनी तामाङ घोषित भए । तामाङलाई नगरको ३ नम्बर वडा अध्यक्ष डम्बर चेम्जोङ, सुनाखरी माविको प्रधानाध्यापक नरेन्द्र तामाङको हातबाट नगद ३ हजार र ट्रफी प्रधान गरिएको थियो । यो जितसँगै सिरिजङ्गाले लिगमा ३ अंक प्राप्त गरेको छ । सिरिजङ्गा एफसीमा सन्त आङदेम्बेले कोचिङ गरिहेका छन भने मेनेजमेन्टको जिम्मा मौसम लिम्बूले लिएका छन् । त्यसैगरी देबिगंज टिममा अनिल चुडालले कोचिङ गरिरहेका छन् । 


    सुक्रबारको खेल हेर्न पूर्ब राष्ट्रिय फुटबल खेलाडी संजिप बुढाथोकी, कार्यपालिका सदस्य अरुणा राई, वडा नं. ३ का सदस्य पर्शु कार्की, ७ को कासिहाङ राई लगायतको उपस्थिति रहेको थियो । भोलीको खेल ग्रप ‘बी’ बाटै द रियल ब्रदश र न्यु स्टारबीच हुने आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए । द रियल ब्रदश गत सालको  फाइनलिस्ट टिम हो । 
    लिगमा हालसम्मको खेलमा शिखर, टेन नवोदाय र सिरिजङ्गा एफसीले ३–३ अंक प्राप्त गरेको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित युमा माङहिममा नेपालको राष्ट्रिय विभूति समाज सुधारक फाल्गुनन्द लिङ्देनक…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…