• सुर्खेत ,  २३  फागुन 

    संघ र स्थानीय तहमा मात्र सहकार्य गरिरहेका विकास साझदार निकायलाई प्रदेशमा पनि सहकार्य गर्न आग्रह गरिएको छ । 

    तीन तहका सरकारमध्ये प्रदेश सरकारसँग सहकार्य नहुँदा विकास निर्माणमा डुब्लिकेशन हुन सक्ने भन्दै विकास साझेदार दातृनिकायका प्रतिनिधिलाई सहकार्य गर्न आग्रह गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।

    मन्त्रालयमा सबै प्रदेशका विकास साझेदार एनजीओ, आइएनजीओलाई बोलाएर छलफल गर्दै सहकार्य गरेर अगाडि बढ्न आग्रह गरिएको मन्त्री सिंहले बताए ।

    आफूले उठाएको कुरामा विकास साझेदार निकायका प्रतिनिधिहरू समेत सहमत भएको उनले बताए । खानेपानी, सरसफाइ , ढल विकास तथा अन्य आफ्नो मन्त्रालयसँग सरोकार राख्ने सबै निकायलाई सहकार्य गरी काम गर्न आग्रह गरिएको छ ।  

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…