• मोरङ । मोरङको पथरीशनिश्चरे–१० (शिविर डाँडा)मा किरात लिपि र भाषा सिकाउने उदेश्यले सोमबार किरात वेदशाला स्थापना भएको छ ।
    धार्मिक संस्था किरात युमा माङहिम समिति पथरीशनिश्चरेको संयोजनमा बालबालिकाहरुलाई किरात सिरिजंगा लिपि र भाषा सिकाउने उदेश्यले वेदशाला स्थापना गरिएको माङहिम समितिका सचिव देउमान साउदेन लिम्बूले बताए । किरात लिपि र भाषाको बिकासको लागि दैनिक २ घण्टा पठनपाठन गराइने लिम्बूले बताए । 
    किरात वेदशालाको पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको हातबाट उद्घाटन भएको हो । वेदशाला बढ्न आउने बालबालिकाहरुलाई लिम्बू भाषाको वर्णमाला, कापी र कलम वितरण गरिएको छ । दैनिक १५ भन्दा बढी बालबालिकालाई लिपि, भाषा सिकाइने भएको छ । 
    शिविर डाँडामा किरात धर्मीहरुले उभौलीको अवसरमा नालादुङ सेवा (पञ्च यज्ञ)को समेत आयोजना गरेका थिए । सोही अवसरमा किरात वेदशालाको स्थापना गरेको हो । नगर प्रमुख दिलिपकुमार राईले वेदशाला तथा नालादुङ सेवा (पञ्च यज्ञ)लाई शुभकामना दिदै लिपि, भाषाको पठनपाठनलाई सहयोग गर्ने नीति अनुसार नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 
    नगरप्रमुख राईले अदालतमा मुद्धा परेको कारण शिविरको खाली जग्गामा नगरपालिका भवन र आदिबासी जनजाति संग्राहलय बनाउन नमिलेको बताए । पछिल्लो समयमा नेपाल प्रहरीको विपद ब्यबस्थापन गुल्म ल्याउन नगरपालिकाले सहमति दिएको राईले बताए । १ नम्बर प्रदेश हेर्नेगरी तत्काल गुल्म राख्न, गुल्ममा पेट्रोल पम्प र प्रहरी अस्पताल निर्माण हुनेगरी नगरपालिकाले सहमति दिएको नगप्रमुख राईले बताए । प्रहरी अस्पताल र पेट्रोल पम्प यो क्षेत्रकै लागि हुनेगरी सहमति दिएको राईको भनाइ थियो । त्यसको लागि करिव ८ विगाहा जति जग्गा आवश्यकहुने बताइएको छ । 
    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, जिल्ला अध्यक्ष नरहाङ राई, नेपाल आदिबासी जनजाति समन्वय समिति अध्यक्ष चन्द्र तामाङ लगायतले शुभकामना मन्तब्य दिएका थिए । 


    कार्यक्रममा मानव धर्म सेवा समितिको १० नम्बर वडा अध्यक्ष डर्न गेलाल, जेष्ठ नागरिक समाजको नगर सदस्य लक्ष्मी पौडेल, ओम सिआर बज्र गुम्बा समितिको अध्यक्ष भुवन तामाङ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज मोरङ जिल्ला अध्यक्ष दिनेस सुब्बा, स्थानीय ज्ञानेन्द्र राई, नवीन दिलपाली लगायतको उपस्थिति रहेको थियो । 
    किरात युमा माङहिम समितिको अध्यक्ष सम्सेर राईको सभापतित्वमा भएको कार्यक्रममा पुजारीहरु धनबहादुर थेगिम, भगिमान तुम्बाहाङ्फे, टेकबहादुर लिम्बू, खड्गबहादुर राई, लालचन्द्र खालिङले नालादुङ सेवा (पञ्च यञ) गरेका थिए । किरात युमा माङहिम समितिको दक्षिणमा भएको कार्यक्रममा विद्यार्थी र किरात धर्ममा आस्था राख्ने करिव सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रम सुरुहुनु अघि किरात धर्मगुरु फाल्गुनन्द लिङदेनको तस्वीरमा थुपबक्ति बालिएको थियो । पथरीशनिश्चरे नगरमा संघीय सरकारको नीति अनुसार दुई वटा विद्यालयमा लिम्बू, एउटामा राई चाम्लिङ र संस्कृत भाषाको पठनपाठनहुँदै आएको छ । 

सम्वन्धित समाचार

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …

इलाम । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्…