• चापागाउँ, २४ फागुन 

    महिलालाई उद्यमी बनाउन ललितपुरको चापागाँउमा तालिम सुरु गरिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी उद्योग वाणिज्य संघले आयोजना गरेको तालिममा २८ महिला सहभागी छन् ।

    उपमेयर मुना अधिकारीले शुभारम्भ गरेकी तालिम २ चैतसम्म सञ्चालन हुनेछ । उपमेयर अधिकारीले महिला उद्योगपति भएको हेर्न चाहेको बताइन् ।

    प्रमुख प्रशिक्षक विश्वनाथ घिमिरेले उद्देश्य महिलालाई उद्यमी बनाई छाड्ने रहेको बताए । गाेदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले १ सय ५० जनामध्ये विषय विज्ञको छनाेटपछि २८ जना तालिम दिन लागेको बताए ।

    तालिम कार्यकमकी संयोजक निर्मला क्षेत्रीले २१‍औँ शताव्दीका महिला आत्मनिर्भर हुन उद्यममा लाग्नुपर्ने बताइन् ।

    बाणिज्य संघका उपाध्यक्ष राजन महर्जनले आमा उद्यमी भएकै कारण आफू उद्यमी बन्न सकेको बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…