काठमाडौं, २७ फागुन
जापान सरकारले नेपाललाई २.७ अर्ब रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेको छ । विराटनगरमा खानेपानी व्यवस्था सुधारको लागि उक्त रकम दिन लागिएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।
उक्त अनुदान सहयोग उपलब्ध गराउने सम्बन्धी नोटमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र जापानको तर्फबाट जापानी राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् ।
यो सहयोगले विराटनगरका जनताको जिवनस्तर उकास्न सहयोग पुर्याउने विश्वास जापानी दूतावासको छ ।
सहयोगबाट विराटनगरका एक लाख जनता लाभान्वीत हुने जनाइएको छ ।