शुक्रबार बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पराजुलीलाई बिदाइ कार्यक्रममा सहभागी बन्न भ्याइ-नभ्याइ भयो ।
बर्दिबास नगरपालिकाको झण्डै ४ वर्षको बसाइपछि काठमाडौं सरुवा भएका पराजुलीले गम्छा, माला र मायाको चिनोले नै उनको आधा कार भरियो ।
ठूला-ठूला फ्रेम, गर्हौ न गर्हौ मायाको चिनो दिने कतिपय वर्दिबासका विभिन्न संघ-संस्थाहरुको धोको अधुरो नै रह्यो । निर्धारित समयमा काठमाडौंस्थित चिकित्सा शिक्षा आयोगको कार्यालय समाल्न पुग्नै पर्ने वाध्यताले पराजुली कतिपय कार्यक्रममा सहभागी बन्न नै पाएनन् ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानले आयोजना गरेको बिदाइ कार्यक्रममा सहभागी बनेका पराजुली निक्कै भावुक भए । ` बिदाइ कार्यक्रमहरु आयोजना गर्नु मेरो लागी निक्कै महत्वपूर्ण रह्यो यहाँहरुले मप्रती देखाएको माया र सहानुभुती मनभरी लिएर जानेछु´ उन्ले भने ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान बर्दिबासका उपाध्यक्ष शंकर फुयालले पराजुलीको बिदाइमा दु:ख ब्यक्त गर्दै उनले देखाएको मार्गदर्शन अविस्मरणीय भएको वताए ।
यता पराजुलीले पनि बर्दिबास नगरपालिकाको बसाइ निक्कै प्रिय रहेको बताउँदै आफ्ना तर्फबाट गर्न सक्ने सहयोग रहिरहनेमा प्रतिबद्धता जनाए ।
शुक्रवारमात्र प्रमुख प्रशासकिय अधिकृत पराजुलीको बिदाइमा आधा दर्जन संघ-संस्थाहरुले विदाइ कार्यक्रमको आयोजना गरेका थिए ।