• सिन्धुपाल्चोक,२ चैत 
    पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समिति) को गाडी अनधिकृत रुपमा प्रयोग गरेकाे पाइएकाे छ । सांसद तामाङले एक वर्ष चढेकाे बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी आयोजनाको हो । उनले पहुँचकै भरमा राज्यको सम्पत्ति एक वर्षसम्म निजी र पार्टीको काममा प्रयोग गरेकाे पाइएकाे हाे । गाडी बिग्रिएपछि ग्यारेजमा थन्काइदिएका छन् ।

     उक्त गाडी कान्तिपुर कारखाना कोटेश्वरमा थन्काइएको छ । गाडी मर्मतमा ७ लाख ६५ हजारकाे स्टिमेट बिल मेलम्ची खानेपानी आयोजनामा पुगेको छ ।

    मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार सांसद तामाङले गाडी मर्मत बिल मेलम्ची खानेपानी आयोजनाको कार्यालय समक्ष पेस गरेका छन् । उनी भन्छन्, 'मेलम्ची खानेपानी आयोजनाले बा १ झ ८७६८ नम्बरको हाइलक्स गाडी भूमि आयोगलाई दिएकोमा कसरी सांसदले प्रयोग गर्नुभयाे, बुझ्नुपर्छ ।'   

    ग्यारेजमा यसरी थन्किएको छ गाडी

    सांसद तामाङले मेलम्चीमा बाढी अर्थात गत असार भन्दा अघि १० दिनका लागि मेलम्चीकाे  गाडी लगेका थिए । उनले विना कागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएका उनी निकट स्रोतको भनाइ छ । तामाङले आफ्नै निजी चालक राखे पनि इन्धन र मर्मत खर्च खानेपानी आयोजनाले तिर्ने गरेकाे छ । 

    मेलम्ची खानेपानी आयोजनाका जिन्सी शाखा प्रमुख शम्भु पोखरेलका अनुसार सो गाडी भूमि आयोगलाई दिइएको थियो । पछि सांसद तामाङले केही दिनका लागि भन्दै गाडी लगेकाे तर फिर्ता नगरेको जिन्सी शाखा प्रमुख पोखरेले बताए ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …