• काठमाडौं,१७ फागुन । भारतबाट हिन्दु सम्राटको हैसियतको सम्मान स्वीकार गरेर फर्केका पूर्वराजा २० गते झापा जाने भएका छन् ।

    पूर्वाञ्चल र मध्यमाञ्चलको धार्मिक भ्रमणमा निस्कन लागेका पूर्वराजाले फागुन ७ को परम्परागत सन्देशमा २०६३ साल वैशाख ११ गते भएको राजनीतिक सम्झौताको पालना गरेको खोई ? भनेर राजनीतिक दलहरुलाई प्रश्न गरेका थिए ।

    अहिलेसम्मकै कडा प्रश्न गरेका पूर्वराजा त्यसपछि मौन थिए, २० गते झापा जाने भएपछि प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका जनताले राजा आउ देश बचाउ भन्ने नारा लगाउने पक्का छ । स्रोतका अनुसार यस्तो तैयारी झापातिर जोडतोडले भइरहेको छ ।

    सिंहदरवारतिर गणतन्त्र जिन्दावाद, झापातिर राजतन्त्र जिन्दावाद । के हुनलाग्यो यो देशमा ?
    प्रधानमन्त्री हिन्दु, राजतन्त्र र अन्य राजनीतिक शक्तिहरुलाई सहमतिको मार्गमा ल्याएर अगाडि बढ्न सक्लान् ?

    यो चुनौति अझ गहिरिने छ, किनभने विप्लव कम्यूनिष्टले भण्डाफोर र जनसरकारलाई अझ सक्रिय पारेको खबर छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…