• काठमाडौं, ३ चैत 

    फागुपूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेको छ । यस्तै ठाउँ ठाउँमा राडार गनबाट गति निगरानी समेत भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिए । 

    सातदोबाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा राडारबाट गति निगरानी गरिएको उनले बताए । सवारीसाधन चेकजाँचका लागि उपत्यकामा एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । 

    ट्राफिक प्रहरीले अहिलेसम्म लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका एक सय ७० वटा सवारी साधनलाई होल्डमा राखेको प्रवक्ता शर्माले बताए । 

    तीव्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएका सवारीलाई दिनभर होल्ड गरेर साँझतिर छोडिनेछ । 

    गत वर्ष होलीको दिन मात्रै ४७ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । यो वर्ष सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको प्रवक्ता शर्माले बताए । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…