• मोरङ । मोरङको पथरीशनिश्चरेमा भएको दोस्रो ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को उपाधि द रियल ब्रदर्श फुटबल क्लवले उचालेको छ ।
    शनिबार भएको फाइनल खेलमा न्युस्टार एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै द रियल ब्रदर्शले उपाधि उचालेको हो । 
    खेलको पहिलो हापको अतिरिक्त समयमा न्युस्टारका खेलाडी सन्तोष केसीले गोल गर्दै आफ्नो टिमलाई अघि बढाएका थिए । दोस्रो हाप सुरु भएको ६ मिनेट नबित्दै द रियल ब्रदर्शका समीर याक्खाले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पु¥याएका थिए । आठौ मिनेटमा द रियल ब्रदर्शका अंकित लिम्बूले अर्को गोल गरेका थिए । पहिलो हापमा न्युस्टार र दोस्रो हापको पुरै समय द रियल ब्रदर्शले बिपक्ष टिमलाई दबाबमा राखेका थिए । 
    फाइनल खेलको म्यान अफ द म्याच रियल ब्रदर्शका बिशाल पाण्डे घोषित भए । प्रतियोगिताको बिधागततर्फ बेष्ट गोल रक्षक रियल ब्रदर्शका रोजन धिमाल, बेष्ट डिफेन्डर दिनेश धिमाल, फरवार्ड अंकित लिम्बू घोषित भए । दुबै खेलाडी रियल ब्रदर्शको हो । बेष्ट मिड फिल्डर भने न्युस्टारका दिनेश माझी घोषित भए । खेल अबधिभर ५ गोल गर्ने न्युस्टारका जुनियर लिम्बू हाइस्कोरको रुपमा पुरस्कृत भए । 


    प्रतियोगिताको उदाउदो खेलाडीको रुपमा शिखर एफसीका समीर कटुवाल, बेष्ट कोच र म्यान अफ द सिरिज द रियल ब्रदर्शका सागर कार्की र धिरेन विष्ट घोषित भए । अनुशासित टिमको रुपमा सिरिजंगा एफसी पुरस्कृत भए । बिधागत लगायत उत्कृष्ट खेल पर्दशन गर्ने सम्पूर्णलाई नगदसहित पुरस्कृत भएका हुन् । 
    उपाधिसँगै बिजेता द रियल ब्रदर्शले २ लाख ५१ हजार र उपबिजेता हुने न्युस्टारले १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्राप्त गरे । अनुशासित टिम सिरिजंङ्गाले १५ र सर्वोत्कृष्ट खेलाडी घोषित द रियल ब्रदर्शका धिरेन बिष्टले १२ हजार पाँच सय प्राप्त गरे । 
     

    ग्रेट इभेन्ट सकियसँगै बिजय उत्सव
    पथरीको पछिल्लो ग्रेट इभेन्टको रुपमा रहेको प्रिमियर लिग सकिनासाथ ब्यापक रुपमा पटका पड्काएर उत्सव मनाइएको थियो । खेल सुरु हुनुअघि किरात राई समुदायको साकेला, लिम्बू समुदायको च्याब्रुङ नाचको साथै रेडस्टार बोर्डिङ स्कुलका विद्यार्थीहरु नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए । 
    फाइनल खेलमा चलचित्र कर्मी नायक दिलिप रायमाझी, रमित ढुङ्गाना, गायक डम्बर नेपाली र किरण गजमेर (भ्वाइस अफ नेपाल बिजेता)को उपस्थिति रहेको थियो । 

    एन्फा कन्द्रीय नेताले भने नेपालको ब्राजित बन्न सक्छ पथरीशनिश्चरे, बजेटमै फुटबल प्रिमियर लिग राख्नुपर्ने नगर प्रमुखको भनाइ 

    अखिल नेपाल फुटबल संघ (एन्फा) संघीय उपमहासचिव बसन्त अर्यालले मोरङको पथरीशनिश्चरे नगरपालिका नेपालको ब्राजिल बन्न सक्ने बताएका छन् । 
    फाइनल खेल सुरुहुनु अघि शुभकाकामना मन्तब्य राख्ने क्रममा अर्यालले प्रिमियर लिगको आउटपुट आगामी पाँच बर्ष भित्र देखिने बताए । ब्राजिलमा ७० हजार खेलाडीले विश्वको बिभिन्न क्लबमा आवद्ध भएर ब्यबसायिक खेल खेल्दै आएको तथ्य प्रस्तुत गर्दै यहि गतिमा खेलाडी उत्पादन भए पथरीशनिश्चरे नगरपालिका नेपालको ब्राजिल बन्न सक्ने बताएका हुन् । पथरीशनिश्चरे प्रिमियर लिगले खेलाडी उत्पादनको साथै भएका खेलाडीको प्रमोशन गरिरहेको बताए । 
    एन्फा मोरङका अध्यक्ष दिपेन्द्र धिमालले पथरीशनिश्चरेका खेलाडीहरु नेपालका ए, बी डिभिजनको साथै मोरङमा हुने सम्पूर्ण टिममा सहभागिहुँदै आएको बताउदै आएका छन् । 
    कार्यक्रमको प्रमुख अतिथि रहेका नगर प्रमुख दिलिपकुमार राईले प्रिमियर लिगको लागि आगामी दिनमा नगरको बजेटमै समेटेर लानुपर्ने बताए । पथरीशनिश्चरे नगरपालिकामा फुटबल, क्रिकेट र बुद्धिचाल प्रतियोगिताले नगरको प्रचार, प्रशारमा समेत सहयोग पुग्दै आएको बताए । 
    कार्यक्रममा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, इन्ट्र नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाका नेपाल प्रमुख राम बानिया, पथरी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष रामकुमार बस्नेत, क्याम्पस प्रमुख चेतन अधिकारी, पञ्चायत माविका प्रमुख अर्जुन बुढाथोकी, मोरङ एन्फा अध्यक्ष दिपेन्द्र धिमाल, हाम्रो फाउण्डेशनका अध्यक्ष प्रदिपकुमार राई, युवा समाज सेवी गणेश थक्लुङ लगायतको उपस्थिति रहेको थियो । 
    पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजक समितिको अध्यक्ष संजिव गिरीको सभापतित्वमा भएको कार्यक्रम सचिव मनि लिम्बूले सञ्चालन गरेका थिए । 

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …

मोरङ । ताप्लेजुङको मुकुमलुङ पछिल्लो समयमा माथीभाराबाट परिचित माङहिम÷मन्दीरमा बार्षिक अरबौ कमाउने…