• म्यानमार, ६ चैत

    मानिसको भावना उसको सामाजिक बन्धनबाट धेरै प्रभावित हुन सक्छ । उनीहरुको सामाजिक व्यवहारमा तनाव, चिन्ता, र त्रास धेरै हदसम्म जिम्मेवार हुन्छ । हात्तीमा पनि यस्तो नियम लागू हुन्छ । नयाँ अध्ययनले दावी गरेको छ कि हात्तीहरू समूहमाभन्दा एक्लै हुँदा तनाव र चिन्तित हुन्छन् ।

    एक्लोपनले भाले हात्तीको तनावको स्तर बढाएको छ, जबकि पोथी हात्ती बच्चा जन्माउँदा कम तनावमा देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । टर्कु विश्वविद्यालयले गरेको अध्ययनले म्यानमारमा एसियाली हात्तीको दिसाको विश्लेषण गरेर तनावको हर्मोनको तहलाई तुलना गरी सो निष्कर्ष निकालेको हो । अनुसन्धान टोलीले काठ उद्योगमा काम गरिरहेका म्यानमारका ९५ एसियाली हात्तीको अध्ययन गरेको थियो ।

    अन्वेषकहरूका अनुसार भाले हात्तीको तुलनामा पोथी हात्ती अझै पनि बलियो सामाजिक बन्धनबिना अन्य हात्तीसँग अन्तरक्रिया गर्न सक्षम हुन सक्छन् । तसर्थ, ती बन्धनको अभावलाई तनावको रुपमा बुझ्न सकिदैन ।

    ‘हामीले पत्ता लगाएका छौं कि पुरुष हात्तीहरूले कुनै साथी नभएको बेला र पोथीहरुभन्दा पनि धेरै भाले भएको सामाजिक समूहमा हुँदा उनीहरूले उच्च तनाव देखाउँछन्’ अध्ययन टोलीका मार्टिन सेल्टम्यान र प्राध्यापक भिरपी लुम्मा भन्छन् । 

    ‘सामाजिक समूहमा बच्चाहरु हुँदा पोथी हात्तीले न्यून तहको तनाव देखाउँछन् । सामाजिक समूहको आकार पुरुष वा महिलाहरूमा तनाव हार्मोनको स्तरसँग सम्बन्धित छैन,’ उनीहरुले भने ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…