• भैरहवा, ९ चैत

    न्युज रातोकलम 

    रुपन्देहीको काेटशीमाई गाउँपालिका क्षेत्रमा अपराध नियन्त्रण तथा रोकथाम गरी आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत दिलाएकाे भन्दै प्रहरीलाई सम्मान गरेकाे छ ।
    पालिका अध्यक्ष चन्द्रभुषण यादव, उपाध्यक्ष भानमति बानिया,  प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले प्रहरी निरीक्षक सुरज जंगखत्रीलाई सम्मान गरेका हुन् । सम्मानित खत्री पालिका क्षेत्रमा पर्ने ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख हुन । 
    बृहत समुदाय सुरक्षा अभियान कार्यक्रममार्फत सुरक्षित समाज निर्माण गर्न निर्णायक भूमिका खेलेकाे भन्दै स्थानीय तह प्रहरी साझेदारी अभियानको समापनमा सम्मान गरिएकाे हाे ।
    अवैध रुपमा हुने तस्करीलाई रोक्दै विद्यालयस्तरमा सचतेना जगाउने, कोरोना महामारीका बेला मास्क बैंक स्थापना,  निःशुल्क मास्क, सेनिटाईजर वितरण तथा प्रयाेगबारे जानकारी र सचेतना जगाउनेमा महत्वपूर्ण भुमिका खेलेका थिए । 
    खत्रीलाई जिल्ला प्रहरी कार्यालयले पनि जिल्लाकै उत्कृष्ट ईन्चार्ज भनी २ पटक ईन्टीग्रिटी अवार्ड प्रदान गरिसकेकाे छ । 
    समाजमा अमयनचयन कायम गर्दै आएकाले मझगावाँ क्षेत्रका जनतामाझ निडर प्रहरी कर्मचारीको रुपमा प्रहरी निरीक्षक खत्री परिचित हुँदै आएका छन् । 
    उनी सहित पालिकाकाे गतिविधि समाचारकाे माध्यमबाट जनतामा पुर्याएकाे भन्दै मर्चवार सन्देशका सम्पादक हृदयराम गुप्तालाई पनि सम्मान गरिएकाे छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…