•  जुम्ला, १० चैत     

                          कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोतसाधन सहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाई र सेचतनामूलक कार्यक्रममा जोड दिएर लागूऔषध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे  ।

    जुम्लामा आयोजित लागूऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी प्रदेशस्तरी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानुनमन्त्री शाहीले दण्ड जरिवाना र सजाय दिने नीति निर्माण गरेर मात्रै लागूऔषध नरोकिने भन्दै चेतना विकासमा जोड दिन आबश्यक रहेको बताए ।
    नीति निर्माण भएपनि बढ्दो बेरोजगारी,अभिभावकको लापरबाहि,युवामैत्री नीतिको अभाव,विकासमा युव ासहभागिताको कमी लगायतका कारणले लागूऔषधको प्रयोग बढेकोले रोजगारी सृजना सँगै गाउँगाउँमा चेतना विकासका कार्यक्रम लिएर जान उनले अनुरोध गरे  ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…