• लमजुङ, १० चैत

    लमजुङको बेसीशहर नगरपालिका ११ चिति बरबोटफाँटको चेपाङवस्तीमा बालविवाहसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सामुदायिक रुपान्तरणका लागि युवा नेपाल (वाईसीटी) नेपालले चेपाङवस्तीमा लक्षीत गरी कार्यक्रम सञ्चालन गरेको हो । 

    चेपाङवस्तीका किशोरी सानै उमेरमा विवाह गर्ने र आमा बन्ने समस्या रहेकाले उक्त क्षेत्रमा बालविवाहबारे सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको वाईसीटी नेपालका अध्यक्ष रुपेश श्रेष्ठले बताए । उनले भने संस्थाले  कलिलैमा विवाह गर्ने र उपेर नपुग्दै बच्चा जन्माउँदा  आमा र बच्चाको स्वास्थ्यमा असर पार्ने भएकाले गाउँगाउँमा सचेतना कार्यक्रम सञ्चालन गरीएको हो । 

    बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आर्थिक समस्या र अशिक्षाका कारण अझै पनि समाजमा उमेर नपुग्दै विवाह गर्ने प्रचलन कायम रहेको बताए । कार्यक्रममा जिल्ला अस्पताल लमजुङका शोभा ठकुरीले बालविवाह, बालविवाह गरेमा हुने कानुनी व्यवस्था, जिल्लामा बालविवाहको अवस्था लगायतको बारेमा जानकारी गराएकी थिइन् । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…