• जाजरकोट, १४ चैत

    आउँदाे ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको चुनावमा आफ्नो दललाई विजयी गराउन मन्त्रीदेखि नेतासम्म गाउँ-गाउँ पुगेका छन् ।  स्थानीय तह स्थापना भएदेखि भएका कामहरूको व्याख्या गर्दै र टिप्पणी गदै दलका नेताहरू गाउँगाउँमा पुगेका हुन् । माओवादी केन्द्रलाई विजयी गराउन भन्दै जाजरकोटको पश्चिम क्षेत्रमा गणेशप्रसाद सिंहले नेता, कार्यकर्ता र जनतासँग र दैलोमा भेटघाटलाई तीव्रता दिएका छन् ।

    जाजरकोटमा माओवादी केन्द्रले नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका, बारेकोट गाउँपालिकामा चुनावी कार्यक्रम गरिरहेकाे छ । माओवादीका अधिकांश नेताहरू नलगाडकै छन् । पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतको क्षेत्रसमेत जाजरकोट भएकाले यहाँ चुनावी माहाेल बढी तातिएको छ । माओवादीबाट स्थायी कमिटीका सदस्य बस्नेत, कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, केन्द्रीय सदस्य रमदीप आचार्य लगायत ६ जना केन्द्रीयस्तरमा राजनीति गरिरहेका छन् । 

    नेकपा एमालेनिकट प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष वीरबहादुर गिरी लगायत एमालेका नेताहरू बारेकोट गाउँपालिकामा खटिएका छन  । जाजरकोटबाट नेकपा एमालेका चारजना केन्द्रीय सदस्य छन् । पश्चिम क्षेत्रमा प्रदेशसभा सदस्य तथा एमाले नेता करवीर शाही घरदैलो गरिरहेका छन् ।

    नेपाली कांग्रेस जाजरकोटका युवा नेताहरूलाई परिचालन गरेको छ । कांग्रेसबाट प्रकाश पन्त,  छवि पन्त , किशोर मल्ल नलगाडमा खटिएका छन् । नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य राजीवविक्रम शाह पनि चुनावी कार्यक्रममा खटिएका छन् । उनी सल्यानमा चुनावी कार्यक्रममा सहभागी छन् ।  
    त्यस्तै नेकपा (एकीकृत समाजवादी)ले समेत चुनावी प्रचारलाई तिव्रता दिएको छ । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…