• मोरङ । आगामी बैशाखको अन्तिम साता हुन लागेको स्थानीय तहको निर्वाचनमा मोरङ पथरीशनिश्चरे नगरपालिकामा माओवादी केन्द्रको भावि उमेद्वार बारे छलफल भइरहेको बुझिएको छ । 
    निर्वाचनको तयारी स्वरुप १० वडाको साथै टोल टोलमा समिति निर्माण र प्रशिक्षण जारी रहेको माओवादी केन्द्रका नगरसमिति उपाध्यक्ष प्रेम ढकालले बताए । 
    युद्ध कालमा पूर्बको रोल्पाको नामले चिनिन्दै आएको पथरीशनिश्चरेमा आउने निर्वाचन जित्नेगरी तयारी भइरहेको सो संगठनले जनाएको छ । अघिल्लो निर्वाचनमा ४ नम्बर वडामा प्यानल र १० नम्बरमा एउटा सदस्य जितेको माओवादी केन्द्र समग्रमा नगरमा तेस्रो दलको रुपमा स्थिापित पार्टी छ । यद्यपि यो पटक कम्तिमा ४, ७ र १० नम्बर वडा एक्लाएक्लै (गठबन्धन बिनै) लड्दा पनि निर्वाचन जित्ने सो पार्टीको नगर ईन्चार्ज दिनानाथ तिम्सिनाको दाबी छ । 
    अन्य वडामा प्रतिस्पर्धामा मत आए नगरपालिकामा जित निश्चित गर्नेगरी कार्यकर्ता खटिरहेको सह इन्चार्ज बालकुमार मागर (बिकास)ले बताए । पहिलो संविधान सभाको निर्वाचनमा अर्थमन्त्री भरतमोहन अधिकारीलाई पराजित गर्दै लालबहादुर मगरले निर्वाचन जितेको थियो । त्यो बेला हाल नगरपालिका गाभिएको पथरी, शनिश्चरे, हसन्दहबाट माओवादीलाई अत्याधिक भोट आएको थियो । 
    २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे नगरपालिकामा प्रदेश सदस्य एवं नगर इञ्चार्ज दिनानाथ तिम्सिना, जिल्ला सदस्यसमेत रहेका सह–इन्चार्ज बालकुमार मगर (विकास), सह–इन्चार्ज नेत्र पोखरेल, जहरमान लिम्बु, प्रेम ढकाल र मदन पोख्रेल संभावित उमेद्वारको रुपमा रहेको बुझिएको छ । लिम्बू प्रदेश समिति सल्लाहकार हुन भने ढकाल र पोख्रेल नगरको क्रमस उपाध्यक्ष, सदस्यहरु हुन ।
    अघिल्लो निर्वाचनमा वडा नं. ४ मा अध्यक्ष जितेका गोविन्द भण्डारीले मेयर नभए उपमेयर उठ्ने बताउदै आएका छन् । 
    एक्ला एक्लै निर्वाचन लड्नु पर्ने अवस्थामा नगरको उपमेयरहरुमा प्रदेश समिति सदस्य रन्जु कट्वाल, सहिद परिवार रिता गिरी, अणु राई र राधिका गौतमको चर्चा रहेको छ । अणु राई नगरको कोषाध्यक्ष, वाइसीएल केन्द्रीय सदस्य र नगर समिति सदस्य हुन् । 

सम्वन्धित समाचार

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …

मोरङ । ताप्लेजुङको मुकुमलुङ पछिल्लो समयमा माथीभाराबाट परिचित माङहिम÷मन्दीरमा बार्षिक अरबौ कमाउने…

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भि…