• मोरङ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मोरङको पथरीशनिश्चरे नगरमा नेपाली कांग्रेस पार्टी उमेद्वार आकांक्षीको ओइरो लागेको बुझिएको छ । 
    गत निर्वाचनमा एक स्वतन्त्रसहित चार वटा वडा जितेको कांग्रेसले समग्रमा दोस्रो मत प्राप्त गरेको थियो । संघीय गणतन्त्र स्थापनापछि भएको स्थानीय तहको निर्वाचनमा नगरपालिको ५, ६(स्वतन्त्र), ८ र १० नम्बर वडा जितेको थियो । 
    एमाले बिभाजन भएर नेकपा (एस) गठनपछि पथरीशनिश्चरेमा चुनाव जित्ने कांग्रेसको दाबी छ । गुटको असर नपरे राम्रै मत ल्याउने संभावना बोकेको कांग्रेसमा यो पटक उमेद्वार आकांक्षीको ओइरो लागेको बुझिन्छ । 
    पथरीशनिश्चरे नगर प्रमुख पदमा मात्र ११ जनाले आकांक्षा राख्दै आएका छन्  । जसमध्ये क्षेत्रीय सभापति गणेश खड्का, क्षेत्रीय प्रतिनिधि पर्शु कार्की, पूर्व महाधिवेशन प्रतिनिधि नगेन्द्र लिम्बु, ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङ, नगर सभापति रुपनारायण भट्टराई, उपसभापति शन्तोष कार्की, सचिव शान्तोष कटुवाल, लोकनाथ खरेल, बद्री निरौला, माधव कोइराला (पथरी बहुमुखी क्याम्पस सञ्चालक समिति उपाध्यक्ष) र लक्ष्मी दुलाल नगर प्रमुखको दौडमा रहेको बुझिएको छ । दुलाल साबिक शनिश्चरे गाबिसको नेबि संघको सचिव थिए । 
    एक्लै निर्वाचन लड्नु परेमा कांग्रेसबाट उपप्रमुखमा प्रेमला राई, कबिता पराजुली, बिना राई र राधा संग्रौला प्रतिस्पर्धी रहेको बुझिएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…