मोरङ । मोरङको पथरीशनिश्चरेमा नेकपा (एमाले)बाट नगर प्रमुखको टिकट लिन नेतृत्वसँग भेटघाटको लागि काठमाडौं दौडाहा एकपछि अर्को चलिरहेको बुझिएको छ ।
अघिल्लो निर्वाचनमा नगर पमुख, उपप्रमुखसहित १, २, ३ र ९ गरी चार वटा वडा जितेको एमालेमा यो पटक मेयरमा ९ जना आकांक्षी देखिएका छन् ।
यस पटक वर्तमान नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला, पार्टी प्रदेश सदस्य (संगठन विभाग प्रमुख) रामकुमार बस्नेत, केन्द्रीय सदस्य युवराज बास्कोटा, प्रदेश कमिटी सदस्य मोहन तुम्बापो (साविक पथरी गाबिस अध्यक्ष), प्रदेश कमिटी सदस्य देवराज भण्डारी, जिल्ला सदस्य भगत थपलिया, नगर प्रवक्ता यामप्रसाद गुरागाई र नगर पार्टी उपाध्यक्ष उमानाथ अधिकारी रहेका छन् ।
उपप्रमुखमा दुर्गादेवि दंगाल, देविमाया काफ्ले, निर्मला गदाल, रुकमिणि बजगाई संभावित उमेद्वार रहेको बुझिएको छ ।
एमाले भित्र टिकटको लागि नेतृत्व भेटकाट गर्न काठमाडौं दौडाहा चलेको बुझिन्छ । कोही प्लेट चढ्न एयरपोर्टको तस्वीर त कोही स्टाटस राखैरै माइक्रो सब चढेको संकेतहरु दिएको बुझिन्छ ।