•  



    झापा १४ चैत
    झापाको हल्दिबारी गाउँपालिका १ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत १३ वर्षीया छात्रालाई आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेकाे छ । 


    शिक्षक श्रीप्रसाद सिवाकोटी (सन्दिप)ले शुक्रबार दिउँसो परीक्षा सकेपछि विद्यालयकाे दाेस्राे तल्लामा बाेलाई यौनजन्य दुर्व्यवहार गरेको हाे । यौन दुर्व्यवहारमा परेको भन्दै पीडित छात्रा चिच्याई प्रतिकारगरि भागी विद्यालयका अन्य शिक्षक र अभिभावकलाई तत्काल जानकारी गराएकी प्रधानध्यापक पुष्पलाल खरेलले जानकारी दिए ।

    केहीबेरमै आक्रोशित बनेका अभिभावक र छिमेकीहरूले यौनजन्य  दुर्व्यवहार गर्ने शिक्षकलाई तत्काल कानुनी कारबाहीको माग गर्दै विद्यालय समेत घेराउ गरि आक्रोश भिडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेको फाउन्डर धनन्जय सिटौलाले जानकारी दिए । शिक्षक बिर्तामोड नगरपालिका–१० निवासी अन्दाजी ४० वर्षीय हुन ।

    लगत्तै प्रहरी चौकी गोलधाप र प्रहरी कार्यालय झापा जिल्लाका प्रहरी टोलीले शिक्षकलाई शुक्रबार बेलुका घरबाटै पक्राउ गरेकाे प्रहरीले जानकारी गराएका छन् ।

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…