• चैत्र १५ अछाम
       अछाममा कुल मतदाता संख्या १ लाख ५६ हजार २ सय ८० रहेको छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष ७५ हजार ८ सय ३७, महिला ८० हजार ४ सय ४१ र अन्य ३ जना रहेका छन् । अछाममा कुल मतदान स्थल १ सय ३० रहेको छ भने मतदान केन्द्र संख्या २ सय ७ रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ। जिल्लामा सबैभन्दा बढी साँफेबगर नगरपालिकामा १० हजार ४ सय ६ पुरुष र ११ हजार ३ सय ९६ महिला गरी २१ हजार ८ सय ६४ मतदाता रहेका छन् भने सबैभन्दा कम बान्नीगढी जयगढ गाँउपालिकामा ५ हजार ६ सय ३६ पुरुष र ६ हजार १ सय ६ महिला गरी ११ हजार ७ सय ४२ मतदाता रहेका छन् ।

       यस्तै मंगलसैन नगरपालिकाका ९ हजार ४ सय ४५ पुरुष र १० हजार ३ सय ३२ महिला, अन्य १ गरी १९ हजार ८ सय ७८ मतदाता, पञ्चदेवल बिनायक नगरपालिका ७ हजार ८ सय २७ पुरुष र ८ हजार ६  सय १८ महिला गरी १६ हजार ४ सय ४५ मतदाता, तुर्माखाँद गाउँपालिकामा ७ हजार  सय ९२ पुरुष र ७ हजार ८ सय १९ महिला गरी १५ हजार ५ सय ११ मतदाता रहेका छन् ।

      यस्तै मेल्लेख गाउँपालिकामा ७ हजार ५ सय १५ पुरुष र ७ हजार ९  सय ४६ महिला, अन्य १  गरी १५ हजार ३ सय ६१ मतदाता, चौरपाटी गाउँपालिकाकामा ६ हजार ७ सय ५४ पुरुष र ७ हजार ९ सय ९० महिला गरी १४ हजार ७ सय ४४ मतदाता, रामारोशन गाउँपालिकामा ७ हजार २ सय ५५ पुरुष र ७ हजार १ सय ६३ महिला गरी १४ हजार ४ सय १८ मतदाता रहेका छन् । यस्तै कमलवजार नगरपालिकाका ७  हजार ४६ पुरुष र ६ हजार ८ सय ९७ महिला गरी १३ हजार ९ सय ४३ मतदाता र ढकारी गाउँपालिकामा ६ हजार २ सय  पुरुष र ६ हजार १ सय ७४ महिला गरी १२ हजार ३ सय ७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…