• काठमाडौँ । आज फागुन शुक्ल पूर्णिमा अर्थात होली पर्व, काठमाडौँ उपत्यकासहित हिमाली तथा पहाडी जिल्लामा आज होलीको रौँनक देखिएको छ।

    विहानैदेखि सडक, चोक तथा विभिन्न कार्यक्रममा बालबालिकादेखि वृद्धवृद्धा समेतलाई होलीको रौनकले छोएको छ। कलाकारहरुमा पनि होलीको रौनक झनै देख्न सकिन्छ। आज होलीको अवसर पारेर रेडियो अडियो र शत्रु गतेको टिमले काठमाडौँको बानेश्वरमा होली विशेष कार्याक्रमको आयोजना गरेको छ।

    उक्त कार्यक्रममा मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, दिपाश्री निरौला, किरण केसी, गोपाल कायस्थ, आँचल शर्मालगायतका कलाकारदेखि सर्वसाधारसम्मको उपस्थिती रहेको छ।

    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने यो पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।



सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…