• भैरहवा, १८ चैत
    सुनचाँदी पसल लुट्न आएकाे समूहले पसल संचालकमाथि आक्रमण गरी घाइते बनाएकाे छ ।  
    रुपन्देहीको सैनामैना-१, रानवगियामा रहेकाे बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा हताैडा प्रहार गरी पसलका संचालकलाई घाइते बनाएका हुन् । 
     बिहीबार साँझ करिब ६ः३० बजेको समयमा पसल लुट्ने याेजना बनाएर आएकाे २ जनाकाे समूहले पसल संचालक माथि नै आक्रमण गरेका थिए ।  संचालक अन्दाजी वर्ष ३५का गणेश हमाल घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

    लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समूहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ । 

    प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए । 

    उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न.३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ती लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …