• पथरी । निर्वाचन नजिकिँदै गर्दा तालमेल होस नहोस स्थानीय तहहरुमा उमेद्वारको आकंक्षा सार्वजनिक हुनेक्रम बढ्दो छ । 
    पथरीशनिश्चरे नगरमा नेपाली कांग्रेस, एमाले, एमाओवादी लगायतबाट संभावित उमेद्वारहरुको नाम सार्वजनिक भइरहेका छन । यसै क्रममा कलम चुनाव चिन्ह लिएर आएको नेकपा (एस) र छाता चुनाव चिन्ह भएको जसपाबाट मोरङ पथरीशनिश्चरे नगरपालिकामा मेयर वा उपमेयरको उमेद्वारको चर्चा नचल्ने कुरै भएन । 
    नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रदेश सदस्यहरु मानप्रसाद लिम्बु, दिपक बस्नेत, टंक भण्डारी, नगर अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य तुलसी ढकाल, जिल्ला सदस्य बिन्दु राईको आउने निर्वाचनमा नगर प्रमुख वा उपप्रमुखमा दाबेदारी रहेको बुझिएको छ । 
    जनता समाजवादी पार्टीको तर्फबाट तारा दवाडी, फिपराज बेघा लगायत नगर प्रमुखको संभावित उमेद्वार हुन् । दवाडी पार्टीको १ नम्बर प्रदेश सदस्य र लिम्बू पथरीशनिश्चरे नगर अध्यक्ष हुन् । जसपाको ६ नम्बर वडामा बलियो रहेको बताइएको छ । 
    वडा वडामा संगठन निर्माण गर्दै आएको नेकपा (एस) सच्चा कम्युनिष्ट विचार भएका र विधि, विधानमा चल्न चाहने जनताले अप्रत्यासित रुपमा आफूहरुलाई भोट आउने नगर अध्यक्ष तुलशी ढकालको भनाइ छ । 
    चार दलीय गठबन्धन नभएमा यी नामहरु मध्ये जो पनि तयारहुनुपर्ने अवस्थामा आफूहरु रहेको जसपाका नगर अध्यक्ष फिपराज बेघाले बताए । नगरमा यदी नेपाली कांग्रेससँग तालमेल नभएपनि एमाओवादी, नेकपा (एस) र जसपावीच गठबन्धन हुने निश्चित जसो भएको लिम्बूको भनाइ छ ।
     

सम्वन्धित समाचार

मोरङ । प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार .(मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी न…

मोरङ । प्रदेशको नाम कोशी खारेजी सम्बन्धि भोली (मंसिर २ं) विराटनगरमा हुने विरोध कार्यक्रममा पूर्ब उर्जा मन्त्…

मोरङ । स्थानीय समुदायको विरोधको बाबजुद ताप्लेजुङको मुकुमलुङ .(पाथीभारा)मा केवलकार बनाउन जवरजस्ति भइरहे…

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित ओम सियार जम्बुलिङ बज्र गुम्बामा नौ औ अवतारी लामा गुरु टुल्कु रिग्देन र…