• पथरी । निर्वाचन नजिकिँदै गर्दा तालमेल होस नहोस स्थानीय तहहरुमा उमेद्वारको आकंक्षा सार्वजनिक हुनेक्रम बढ्दो छ । 
    पथरीशनिश्चरे नगरमा नेपाली कांग्रेस, एमाले, एमाओवादी लगायतबाट संभावित उमेद्वारहरुको नाम सार्वजनिक भइरहेका छन । यसै क्रममा कलम चुनाव चिन्ह लिएर आएको नेकपा (एस) र छाता चुनाव चिन्ह भएको जसपाबाट मोरङ पथरीशनिश्चरे नगरपालिकामा मेयर वा उपमेयरको उमेद्वारको चर्चा नचल्ने कुरै भएन । 
    नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रदेश सदस्यहरु मानप्रसाद लिम्बु, दिपक बस्नेत, टंक भण्डारी, नगर अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य तुलसी ढकाल, जिल्ला सदस्य बिन्दु राईको आउने निर्वाचनमा नगर प्रमुख वा उपप्रमुखमा दाबेदारी रहेको बुझिएको छ । 
    जनता समाजवादी पार्टीको तर्फबाट तारा दवाडी, फिपराज बेघा लगायत नगर प्रमुखको संभावित उमेद्वार हुन् । दवाडी पार्टीको १ नम्बर प्रदेश सदस्य र लिम्बू पथरीशनिश्चरे नगर अध्यक्ष हुन् । जसपाको ६ नम्बर वडामा बलियो रहेको बताइएको छ । 
    वडा वडामा संगठन निर्माण गर्दै आएको नेकपा (एस) सच्चा कम्युनिष्ट विचार भएका र विधि, विधानमा चल्न चाहने जनताले अप्रत्यासित रुपमा आफूहरुलाई भोट आउने नगर अध्यक्ष तुलशी ढकालको भनाइ छ । 
    चार दलीय गठबन्धन नभएमा यी नामहरु मध्ये जो पनि तयारहुनुपर्ने अवस्थामा आफूहरु रहेको जसपाका नगर अध्यक्ष फिपराज बेघाले बताए । नगरमा यदी नेपाली कांग्रेससँग तालमेल नभएपनि एमाओवादी, नेकपा (एस) र जसपावीच गठबन्धन हुने निश्चित जसो भएको लिम्बूको भनाइ छ ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ बर्षिय डाक्टर मनिषकुमार यादव बिहिबार वि…

मोरङ । मोरङको पथरी सनिश्चरेबाट प्रकाशितहुँदै आएको जमर्को साप्ताहिकले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ।…

उर्लाबारी । भदौं पहिलो साता हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिब पदमा युवा ब्यवसाय…

मोरङ । पालिकाको सौन्दर्यता बढाउने लगायतको रकम व्यवस्थापन गर्दै मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २…