• मोरङ । आफ्नो कार्यकाल नसकिँदै सुविधाको सरकारी गाडी फिर्ता गर्ने संभवत पहिलो नगर प्रमुख बनेका छन मोरङ उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो । 
    कार्यकाल सकिन करिव डेढ महिना बाँकी रहदै शनिबार (चैत्र १९) कार्यक्रमवीच सरकारी गाडी फिर्ता गरेका हुन् । को १ झ ५७० नम्बरको नगरपालिकाको गाडी चढ्दै आएका थिए । फागोले चैत र बैशाख महिनाको अन्य सुबिधा (तलब,भत्ता) समेत नलिने घोषणा गरे । 
    नेपाली कांग्रेस १ नम्बर प्रदेशका सहमहामन्त्रिसमेत रहेका फागोले काँग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधिलाई सरकारी गाडी फिर्ता गर्न आव्हानसमेत गरेका छन् । यसैवीच उर्लाबारी नगरपालिका वडा नं. २ र ३ का वडा अध्यक्षहरुले समेत आइतबार स्कुटर नगरपालिकामा बुझाएका छन् । नगर प्रमुख मेयरले उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुको रकम पनि भुक्तानी नगर्न लेखा प्रशासनलाई निर्देशन दिइसकेको बताए । 


    उर्लाबारीमा मेयर फागो कांग्रेस र उपमेयर लक्ष्मीदेवी भण्डारी एमालेबाट निर्वाचित थिए । एमाले बहुमतमा थिए । प्रमुख फागोले एमालेको बहुमतको दम्भले कार्यकाल भर सहज रुपमा काम गर्न नदिएको बताउदै आएका थिए । 
    नगरको जनप्रतिनिधिवीच कुरा नमिल्दा चालु आर्थिक बर्षमा टेन्डरबाट उब्रिएको र कन्टन्जेन्सी लगायतबाट बाँकी रहेको सात करोड रकम बिनियोजन नहुने भएको छ । कार्यपालिका बैठकमा उपप्रमुख भण्डारी नेतृत्वको बहुमत जनप्रतिनिधिले रकम बिनियोजन नगर्ने अडान राखेपछि बजेट नछल्ने भएको हो । 
    नगर प्रमुख, उपप्रमुख कार्यकालभर आरोप, प्रत्यारोपमा बितेपनि फागो प्रशासनको कारण तुलनात्मक रुपमा अन्य पालिकाहरुमा भन्दा उर्लाबारीमा कर्मचारी लचक र सेवा भावमा प्रस्तुत भएको देखिन्थे । 


     

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…