मोरङ । आगामी बैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलको तालमेलहुने भएको छ ।
आइतबार नेपालकी कांग्रेसका कानेपोखरी गाउँपालिका समितिको सभापति योगेन्द्रप्रसाद दाहाल, माओवादी केन्द्रको अध्यक्ष मनोजकुमार राजवंशी, अध्यक्ष नेकपा (एस)को भूमिप्रसाद दुलाल र जसपाको पालिका अध्यक्ष रामकुमार घिसिङले संयुक्त विज्ञप्ति प्रकाशन गर्दै निर्वाचनमा तालमेलको संकेत गरेको हो ।
कानेपोखरीमा विगतमा भएको भ्रष्ट्रचार, बिकृति, विसंगति, वेथिति, व्यक्तिवादको अन्त्य गर्न केन्द्र, प्रदेश पार्टीहरुमा झै आउनेदिनहरुमा गठबन्धनको भावना अनुसार बैठक, भेला, चुनावी अभियान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
विगतमा एमाले अध्यक्ष केपी ओलीले संसद बिघटन जस्तो जनघात गरेको, स्थानीय तहमा अपार्दशी, कमिशन, नियुक्त, पक्षपातपूर्ण निर्णय विरुद्ध कानेपोखरीमा डटेर अघि बढ्ने निर्णय भएको बताइएको छ ।