• सुनसरी । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिकामा तीन जनाले नगरप्रमुख पदमा दाबी गर्दै आएको बुझिएको छ । 
    धरानमा २०७४ सालको निर्वाचनमा एमालेका तारा सुब्बाले नगर प्रमुख विजयहुँदा प्राप्त मतसंख्याको आधारमा नेपाली कांग्रेसको तिलक राई दोस्रो र माओवादी केन्द्रका आइन्द्रबिक्रम बेघा तेस्रो भएका थिए । मेयर तारा सुब्बाको मृत्युपछि भएको उपनिर्वाचनमा माओवादीसँग मिलेर उठेका तिलक राईले एमालेका प्रकाश राईलाई पराजित गरेका थिए । 
    २०७९ बैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले धरानमा बिजय गर्ने दाबी गर्दै आएको छ । 
    निर्वाचनमा २०७४ मा मेयर पदमा भिडेका आइन्द्रबिक्रम बेघा पार्टीले पठाए पुन निर्वाचन लड्ने बताउदै आएका छन् । बेघासँगै पार्टीका इमान्दार अर्का नेता अशोक राई र खगेन्द्र श्रेष्ठको दावि रहेको बुझिएको छ । पार्टी भित्र कुराहुँदा धरान उपमहानगरपालिकाबाट बेघा, राईसँगै आफ्नो नाम पठाउने छलफल भइरहेको युवा खगेन्द्र श्रेष्ठले जानकारी दिए । 
    अघिल्लो निर्वाचनमा धरानमा २० वडा वडामा एमालेले १४, कांग्रेसले ५ र माओवादी केन्द्रले एउटा वडा जितेको थियो । यद्यपि एमालेसँगको एकता र बिभाजनपछि माओवादी केन्द्रको संगठन ब्यापक विस्तार भएको, बेलाबेला प्राप्त उपलब्धि गुम्ने खतरा भइरहेको बेला जनताले संघीय गणतन्त्र ल्याउने पार्टीको रुपमा स्थापित माओवादीलाई भोट दिने धरानका माओवादी नेता आइन्द्रबिक्रम बेघाको भनाइ छ । 
    एमाले बिभाजन भएको र धरानमा काग्रेस आन्तरिक किचलो लगायतको कारण कमजोर भएको कारण माओवादीले निर्वाचन जित्ने अवस्थामा रहेको माओवादीको बुझाइ छ । धरानमा मात्र नभएर प्रदेशको हरेक जिल्ला र पालिका स्तरमा माओवादी संगठन बलियोहुँदै गएको माओवादी केन्द्रको १ नम्बर प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङल(मिक्सो)ले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पसमा प्राध्यापक संघ र स्ववियु दुवै पक्षले …

मोरङको पथरीशनिश्चरे—१ मा स्थापित पथरी बहुमुखी क्याम्पस प्रमुखको कुर्सी गेट छेउको सोमीको रुखमाथि पात…