• महोत्तरी, २० चैत

    नयाँ भूमि आयोग गठन भएसँगै महोत्तरीका सुकुम्बासी र भूमिहीनहरू उत्साहित भएका छन् । नयाँ बनेको आयोगले पुरानो आयोगले गरेका सम्पूर्ण कामको स्वामित्व लिने भएपछि उत्साहित भएका हुन् ।

    भर्खरै देशैभरीका ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त भएका छन् । महोत्तरीमा पनि अध्यक्षमा ज्ञानबहादुर गोले नियुक्त भएपछि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमा नया आशा सञ्चार भएको हो ।

    जिल्लाकै सबैभन्दा बढी समस्या रहेको बर्दिबास नगरपालिकामा करिब पाँच हजार घरधुरी अझै अव्यवस्थित बसोबासका कारण समस्यामा छन् ।  कयौँ घरधुरी पुराना आयोगका कारण बेघरसमेत बनेका छन् । पैसा र पहुँचको आधारमा पुराना आयोगहरू प्रभावित बन्दा बेघर बनिरहेकाे सुकुम्बासीहरूको आरोप छ ।

    यसै कारण पनि महोत्तरीका स्थानीयहरूले पुराना आयोगले गरेका कामहरू खारेज हुनुपर्ने माग गर्दै आएका छन् । भूमिहीन किसानहरूलाई नेपाल भूमिहीन तथा सुकुम्बासी संगठन र भूमि अधिकार मञ्चले समेत साथ दिँदै आएको छ ।

    विशेषगरी २०५४ सालमा बनेको भूमी आयोगले वितरण गरेको विवादित पुर्जाको अभिलेखको ढड्डा जलेश्वररबाट झिकाइ भित्र-भित्रै मालपोत कार्यालयले नै बिक्री वितरणलाई सहज बनाइदिएको भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य फौद सिंह बताउँछन् ।

    तेजबहादुर बस्नेतलाई ४० वर्ष अगाडि रामेछापवाट बर्दिबास आउँदा एकदमै कम घर भएको र जसकाे जाेत उसैको स्वामित्व हुनेगरी पहुँचवालाहरूले बिघौँ जग्गा अधिग्रहण गरेको सम्झना छ ।

    `मनलागी जंगल फडानी गर्ने र बस्ती बसाउने प्रक्रिया चल्दाचल्दै भू-माफियाको चलखेल पनि बढन थाल्यो । जग्गा किनबेच गर्न र घर बनाउने प्रक्रिया अगाडि बढदाबढ्दै अहिले महोत्तरीमा हजारौ हेक्टर उपभोग गरिरहेको जग्गा ओइलानी बनेको हो,´ बस्नेतले भने ।

    महोत्तरीका हरेक पालिकाहरुमा बस्नेतले भनेजस्तै गाउँ ब्लक जग्गाहरू किनबेच हुँदै गर्दा अव्यवस्थित बसोबासीहरूको संख्या ह्वात्तै बढयो । समस्या नै समस्याका बीचमा पनि निष्पक्ष सावधान हुने बताउँछन् भूमि आयोगका नवनियुक्त महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोले । उनी भन्छन, `यो पटक भूमि आयोगले सम्पुर्ण समस्या सावधान गर्नेछ ।´

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…