• अर्घाखाँची, २१ चैत 

    अर्घाखाँचीमा टाइफाइड राेगविरुद्धकाे खाेप अभियान आगामी शुक्रबारदेखि सञ्चालन हुने भएकाे छ । अभियान १८ वैशाखसम्म सञ्चालन हुनेछ । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइने खाेप अभियानका सदस्य सचिव रामप्रसाद गाैतमले जानकारी दिए ।

    खाेप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन्दा बढी विद्यार्थी भएकाे स्थानमा विद्यालयमै खाेप केन्द्र निर्धारण गरिएकाे कार्यालयले जनाएकाे छ ।

    खाेप केन्द्रमा एक जना स्वास्थ्यकर्मीसहित, स्वयंसेविका र शिक्षक परिचालित हुने छन् ।

    १५ महिनादेखि १५ वर्षभित्रका करिब ४७ हजार बालबालिकाहरुलाई टाइफाइडविरुद्धकाे खाेप लगाउने लक्ष्य लिइएकाे खाेप अभियानका प्रमुख तथा जिल्ला समन्वय प्रमुख पिताम्वर भुसालले जानकारी दिए ।

    खाेप अभियान अन्तर्गत अर्घाखाँचीमा ४ सय २३ खाेप केन्द्र कायम गरिएकाे छ । 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …