• मुगु, २७ चैत 
     
    जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको सरकारी गाडी गमगढीको न्युरोड बजारमा थन्किएको छ । सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले सवार गर्ने सरकारी गाडी न्युरोडको बजारमा थन्किएको हो । 

    गाउँपालिकाले ३७ लाख रकममा खरिद गरेको भे१झ २७९ नम्बरको गाडी एक वर्षदेखि बीच रोडमै थन्किएको छ । तीन वर्षअघि गाउँपालिका अध्यक्ष शाहीलाई सवार गर्न खरिद गरेको गाडी बिग्रिएपछि मर्मतको लागि ल्याइएको थियो । मर्मत कार्य अगाडी नबढ्दा अहिले गमगढीको न्युरोडस्थित ढलमा गाडी थन्किएको बताइएको छ । 

    लाखौं मूल्य हालेर खरिद गरेको गाउँपालिकाको गाडी थन्काएर अध्यक्ष लगायत गाउँपालिका कर्मचारी निजी जिप भाडामा लिएर गाउँपालिका केन्द्र पुग्ने गरेका छन् । उक्त गाडी मर्मत गर्न करिब २ लाख रुपैयाँ लाग्ने गाउँपालिकाले जनाएको छ । 

    बजेट अभावमा गाडी बेवारिस बनेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले शाहीले जानकारी दिए । अन्य विषयमा लाखौं रकम खर्चिने तर गाडी मर्मत दुई लाख पनि नछुट्याउनु गाउँपालिकाको लापरबाही भएको स्थानीयले बताएका छन् ।

    आफ्नो गाडी कवाडी बनाएर जनप्रतिनिधि र कर्मचारी भने वर्षमा १०/१२ लाख रुपैयाँ खर्च गरी भाडाका गाडी चढ्ने गरेका छन् । यसरी जनप्रतिनिधिले सरकारी बजेटको चरम दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

    पालिकाको केन्द्र सोरुकोटसम्म सडक पुगेपछि जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि गाडी खरिद गरेको  गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘गाडी मर्मतका लागि बजेट व्यवस्थापन गर्ने कार्य अगाडी बढेको छ,' अध्यक्ष शाहीले भने, 'अब छिट्टै मर्मत गरी हाम्रो कार्यकाल सकिनुअघि नै गाडी गाउँपालिकामा बुझाउने छौं ।' 

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …