• पोखरा, १ वैशाख 
    रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । स्थानीय तहको आसन्न निर्वाचनमा उनको नाम एमालेबाट सिफारिस भएको छ । यद्यपी उम्मेद्वारको टुंगो लागेको भने छैन ।

    उनले प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानालाई गाडीको चावी हस्तान्तरण गरेका हुन् । निर्वाचनलाई स्वच्छ बनाउनका लागि आफुले सरकारी गाडी प्रयोग नगरेको ओझाले बताए ।
    ‘रुपमा नेकपा एमालेको तर्फवाट अध्यक्षमा उठ्ने जानकारी गराउँदै आजवाट स्वच्छ निर्वाचनको मर्म र भावनालाइ कदर गर्दै सरकारी गाडी प्रयोग नगर्ने अठोट गरेको छु,’ उनले भने, ‘गाडीको चावी प्रमुख प्रशासकीय अधिकृत समक्ष हस्तान्तरण गरिएको जानकारी गराउन चाहन्छु ।’
    जनताको विकासप्रतिको चाहना अझै पूरा गर्न बाँकी रहेकोले आफूले दोहोर्याउन लागेको ओझाको भनाई छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…