• कर्णाली प्रदेशको राजधानीबाट डोल्पा जान, आउनका लागि स्थल मार्ग र हवाई मार्गबाट खर्च बराबर लागेपछि यात्रु मर्कामा परेका छन् । लुम्बिनी प्रदेशको नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थल जानका लागि ९ हजार लाग्ने गर्दछ । फर्कंदा ५ हजार भाडा कायम गरिएको छ ।

    जान र आउन मात्र हवाई मार्गबाट १४ हजार खर्च हुने गरेको यात्रुहरू बताउँछन् । त्यही पनि भनेको समयमा टिकट नपाउने समस्या रहेको छ । करिब १७ मिनेटको उडान रहने गर्छ ।

    स्थलमार्गबाट डोल्पा जानका लागि पनि योभन्दा बढी खर्च गनुपर्ने बाध्यता रहेको सर्वसाधारणहरू बताउँछन् । सुर्खेतबाट जाजरकोट ८ सय, जाजरकोटबाट तल्लु सम्मा ७ सय, अनाहबाट खदाङ १ हजार, खदाङबाट त्रिपुरोकाट ५०० र सुपानीबाट दुनै ४ सय भाडा तिनुपर्ने बाध्यता रहेको छ । 
    खाना खर्च, बाटोमा सामग्री नदी पार गराउँदा छुट्टै शुल्क लाग्ने भएपछि जहाजमा उडार गरेझैँ खर्च लाग्ने डोल्पा त्रिपुरासुन्दरी–३ का रामबहादुर धरालाले बताए । तोकिएको समयमा भेरी करिडोर भित्र पुल निर्माण नहुँदा सधैँ सर्वसाधारणले सास्ती भोग्नु परेको उनले बताए ।

    भेरी करिडोर भित्र १३ वटा पुल निर्माण कार्य जारी रहे पनि असार मसान्त भित्र निर्माण कार्य सम्पन्न हुने कुरामा शंका रहेको यात्रु बताउँछन् । निजी प्रदायक कम्पनीका जहाजले मात्र डोल्पामा उडान भर्दा हवाई भाडासमेत चर्को रहेको छ । उसो त कर्णालीको हुम्ला र मुगुमा समेत चर्को भाडा रहेको छ ।

    यी हिमाली जिल्लामा जहाजको यात्रा गर्न लाग्ने बजेटले विदेशमा घुमेर आउन सकिने पत्रकार प्रभात चलाउने बत्ताउँछन् । हुम्लामा जहाज उडानका लागि मन्त्रीदेखि सांसदसम्मले भनसुन गर्नुपर्ने देखि केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र पठाउनेसम्माका काम गर्नुपरेको छ । 

    चार दिनअघि मात्र हुम्लामा जहान नियमित बनाउन माग गर्दै कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) ले ध्यानाकर्षण पत्र पठाएका थिए ।

    डोल्पाका सांसद वीरबहादुर शाहीले ६ महिना अघि मात्र नेपाल बायु सेवा निगमको जहाजद्वारा डोल्पामा उद्धार भर्नुपर्ने भन्दै ज्ञापनपत्र नै बुझाएका थिए । 

    जहाजका लागि ज्ञापनपत्र सम्मा बुझाउने नेता तथा सांसदले सडक सञ्जाललाई व्यवस्थित बनाइ सबैको पहुँचमा सडक बनाएको भए भारी खर्च गरेर यात्रा गर्नुपर्ने बाध्यता कसैलाई नहुने सर्वसाधारणहरू बताउँछन् । हिमाली जिल्लामा टिकटका लागि सधैँ दसैँ र तिहारका जस्तै दबाब र पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …