• सुर्खेत, ५ वैशाख 

    कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी छ । अहिलेसम्म कुल ६ सय मतगणनामा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलको अग्रता  छ ।

    अध्यक्षका अर्का उम्मेदवार हर्षविक्रम खड्काले भने मतान्तर घटाउँदै गएका छन् । पछिल्लो मतपरिणामअनुसार कँडेलले ३०५ मत ल्याउँदा खड्काले २८५ मत प्राप्त गरेका छन् । ३७ मतान्तर रहेकोमा अहिले कँडेल र  खड्काको मतान्तर २० छ ।

    निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानदेखि नै जारी छ । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता थिए भने १८२४ मत खसेको थियो । संघको १३औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको हो ।

    कसकाे कति ?

    वरिष्ठ उपाध्यक्ष
    गणेशकुमार बस्नेत ३३१
    सूर्यबहादुर रावत २२७

    वाणिज्य उपाध्यक्ष
    दिपेन्द्र ढकाल २७५
    प्रेमबहादुर रावल २८७

    उद्योग उपाध्यक्ष
    प्रेम पाण्डे २९२
    सिंहराज बम २८५

    महिला उपाध्यक्ष
    कृष्णा थापा २८५
    तारा रावत २८९

    महासचिव
    भद्र भण्डारी ३०४
    रामप्रसाद जैसी २७९

    उपमहासचिव
    कृष्ण सुवेदी २९४
    पूर्णदेव अधिकारी २६४

    कोषाध्यक्ष
    राजेन्द्र शाही २५०
    रामप्रसाद पाण्डे ३२२

    सहकोषाध्यक्ष
    भीमप्रसाद पौडेल २८३
    सूर्यबहादुर खत्री २९३

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …