• काठमाडौं, ६ वैशाख

    राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएकाे छ ।

    दोस्राे हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्राे हुने सरोज सिंखडा र सीता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवं सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद ३ लाख प्रदान गरिएकाे छ ।

    प्रतियोगिता निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेस्राे हुने दुई समूहले आपसी समझदारी गरेकाले तेस्राे र सान्तवना पुरस्कार दुई समूहलाई एकै ठाउँमा पारेर वितरण गरिएको हो । 

    प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई नि:शुल्क गीत रेकर्ड गरिदिने समेत महाेत्सव आयाेजक  डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजले घाेषणा गरेकाे छ ।

     

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…