• सुर्खेत, ६ वैशाख

    उपल्लो डोल्पाका सर्वसाधारणले स्वतन्त्र रूपमा मतदान गर्नुपर्ने भन्दै सुरक्षा माग गरेका छन् । डोल्पोबुद्ध गाउँपालिकाको धो तरापमा बसेको स्थानीय र जनप्रतिनिधिको भेलाले सुरक्षाको माग गरेका हुन् ।

    सयौँ युवाहरू डोल्पोबुद्धमा परिचालन गरेर निर्वाचनमा धाँधली गरी मतदान स्थल कव्जा गर्ने रणनीति सुरु भएको भन्दै सर्वसाधारणले सुरक्षाको माग गरेका हुन् ।

    केही समयअघि माओवादी केन्द्रका अध्यक्षले उपल्लो डोल्पामा भ्रमण गर्दासमेत सुरक्षाकै माग गरिएको थियो । आफूहरूले कहिल्यै पनि स्वतन्त्र रूपमा मतदान गर्न नपाएको भन्दै उनीहरूले तत्काल सुरक्षा दिन जिल्लास्थित सरकारी संयन्त्रसँग माग गरेका छन् । उनीहरूले पटक पटक उपल्लो डोल्पामा लुटपाटदेखि विभिन्न अपराध हुँदै आए पनि राज्य मौन बसेकोसमेत आरोप लगाएका छन् ।

    उपल्लो डोल्पाको तीन पालिकामा एकलौटी गर्दै आएको समूहले फेरि पनि स्वतन्त्र रूपमा मतदान गर्न नदिन गुण्डाहरू परिचालन गरेको जनप्रतिनिधिले बताएका छन् । अपरिचित मान्छेहरूको ठूलो समूह डोल्पोबुद्धमा प्रवेश गरेको प्रहरीले पनि स्वीकार गरेको छ । 

    यता प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले सुरक्षाकर्मी परिचालनको काम सुरु भएको बताए । सुरक्षाको माग गरेको आफूसम्म आइपुगेको र सोहीअनुसार काम भएको प्रजिअ अधिकारीले बताए । २०७० सालमा धो तरापमा गोलबजारमा दुईजनाको हत्या भए पनि अहिलेसम्म न्याय नपाएको आवाज उठेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…