• हुम्लाको सिमकोट गाउँपालिका –४ बुराउँसे गाउँ नजिकै सडकमा एक पुरुष मृत फेला परेका छन् । बुराउँसे गाउँ नजिक बाटोमा अन्दाजी २९ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएको छ ।

    मृत्यु हुनेमा जिल्लाको मध्य भेग सर्केगाड गाउँपालिका – ८ राहदेउ घर भएका लालसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्ष कृष्ण ओझाले जानकारी दिए ।

    बुराउँसेमा नातेदार आफन्त बसोबास गर्दै आएको र उनीहरुलाई भेट्नको लागि सुनार गएको भन्ने बुझिन आएको छ ।

    सुनारको मृत्युको कारणबारे अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएसँगै थप जानकारी हुने प्रहरी प्रमुख ओझाले बताए ।

सम्वन्धित समाचार

मुगु, १३ वैशाख      जुम्लाको चन्दननाथ नगरपालिका-४ सिंङगाचौरका  २२ वर्षीय प्…

हेटौंडा, २३ चैत  बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्…

काठमाडौं, २४ चैत   प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएक…

न्युज कारखाना ललितपुर, २३ चैत  स्वास्थ्य कार्यालय ललितपुरले ५७ लाख खर्च गरेर जिल्लाभर टाइफाइ…