• मोरङ । मोरङको पथरी शनिश्चरेमा आयोजित ‘सहिद रत्नकुमार वान्तावा अन्तर प्रदेश फिडे रेटिङ खुल्ला बुद्धिचाल प्रतियोगिता’को उपाधि रौतहट जिल्लाको रुपेश जैसवालले जितेका छन् ।
    पथरी शनिश्चरे नगरमा स्थापित फ्रेन्डसीप चेस क्लबको आयोजनामा आइतबारदेखि (बैशाख ५–७ गते) तीन दिनसम्म भएको प्रतियोगितामा जैसवालले सात राउण्डको खेलमा ६ अंक ल्याएर उपाधि जितेका हुन् । 
    त्यसैगरी झापाका राजन सुवेदी (६) दोस्रो, चितवनका अर्जुन घिमिेरे (५.५) तेस्रो र काठमाडौं मनिश हमाल (५) चौथो पुरस्कार जितेका हुन । सुवेदी, घिमिरे र हमालले क्रमस ६, ५.५ र ५ अंक प्राप्त गरेका थिए । 
    प्रतियोगितामा प्रथम हुने खेलाडी जैसवाललाई नगद ३० हजार, ट्रफि, मेडल र प्रमानपत्र प्रदान गरिएको थियो । त्यसैगरी दोस्रो, तेस्रो, चौथो हुने खेलाडीहरुलाई क्रमस २०, १५, १२ नगदको साथमा ट्रफि, मेडल र प्रमानपत्र प्रदान गरिएको फ्रेन्डसीप चेस क्लवका सचिव लोकसागर साम्बाले बताए ।
    झापा दमकका प्रकाशचन्द्र नेपाल (५), झापा दमककै सुमन श्रेष्ठ (४.५), मोरङ पथरीशनिश्चरेका श्याम लिम्बू (४.५), सप्तरीका महेशकुमार चौधरी (४.५), उदयपुरका रंजित राई (४.५), सिराहाका चुडामणी महतो (४.५), झापा दमकका राजकुमार चेम्जोङ (४.५), दमककै बसन्त लामा (४.५), मोरङ बिराटनगरका उमेश राई (४.५), मोरङ उर्लाबारीका राजन काङबाङ (४.५) र भोजपुरका रिबेल राई (४) टप १५ मा परेर नगद लगायतले पुरस्कार प्राप्त गरे । 
    त्यसैगरी झापा दमकका बिजय मगर १ नं. प्रदेश प्रथम, मोरङ पथरीशनिश्चरेका लोकसागर साम्बा मोरङ जिल्ला प्रथम, पथरीशनिश्चरेकै डीबी लिम्बू नगरको प्रथम, राजेन्द्र श्रेष्ठ नगर दोस्रो पुरस्कार जितेका छन् । 
    झापा दमककी कृतिसरा अधिकारी महिला विधामा प्रथम, अन्डर १६०० र १४०० रेडिङमा क्रमस सुनसरी इटहरीका नारायणप्रसाद खतिवडा र मोरङ केराबारीका बिष्णुलाल लिम्बू, अनरेटेडमा मोरङ पथरीशनिश्रेका पुकार राई, भेट्रानमा मोरङ उर्लाबारीमा कुलबहादुर काङबाङ, अन्डर १६ का खेलाडीमा सुनसरी धरानका आर्य राई र उदियमान खेलाडीमा झापा काकाडभिट्टाका १० बर्षिय खेलाडी प्रज्वल बस्नेत पुरस्कृत भए । 
    प्रतियोगताको टप १५ को साथै बिभिन्न विधा गरेर २६ जनालाई नगद लगायतको पुरस्कार प्रदान गरिएको पे्रmन्डसीप चेस क्लवका अध्यक्ष अमिर राईले बताए । 
    पुरस्कार वितरण कार्यक्रम पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी मोहन तुम्बापो, दिनानाथ तिम्सिना, सुनाखरी माविको प्रधानाध्यापक नरेन्द्र तामाङ, बालकुमार मागर, कमल हाङबाङ लगायतको हातबाट पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा चिफ आरबीटर भुपेन्द्र निरौला, सहायक आरबिटर उद्धप थापा लगायतलाई आयोजकको तर्फबाट कदरपत्र र मायाको चिनो प्रदान गरेका थिए । 
    ‘सृजनशील र स्वास्थ्य दिमागको लागि बुद्धिचाल’ भन्ने मूल नाराको साथ भएको देशको बिभिन्न भागबाट ८० जना खेलाडी सहभागि भएको क्लबका अध्यक्ष अमिर राईले बताए ।
    खेलाडी उत्पादन, बिकास र खेल क्षेत्रको माध्यमबाट नगरपालिकालाई पथरी शनिश्चरेलाई चिनाउने उदेश्यले फ्रेन्डसीप चेस क्लबको आयोजनामा बार्षिक रुपमा पथरीमा बुद्धिचाल प्रतियोगिता हुँदै आएको खेल संयोजक अर्जुन जम्नेली राईले बताए । स्वीस लिगको आधारमा भएको प्रतियोगितामा तीन दिनमा सात राउण्ड खेल भएको थियो । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…