• वीरगञ्ज, ८ वैशाख 

    आसन्न स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन हुने भएको छ । 

    एमाले पर्सा अध्यक्ष जयप्रकाश थारू र लोसपा पर्सा अध्यक्ष पुरूषोत्तम लाल झाबीच बिहीबार वीरगञ्ज महानगरपालिकामा मिलेर निर्वाचनमा सहभागी हुने सहमति भएको हो । 

    ‘आसन्न स्थानीय निर्वाचनको क्रममा वीरगञ्ज महानगरपालिकाको विकास र प्रगतिको लागि नागरिकलाई केन्द्रमा राखेर लोकतन्त्र, गणतन्त्र र संघीयताप्रति  प्रतिबद्धता दलहरु नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगरपालिका मिलेर निर्वाचन सहभागी हुन सहमत भएका छौँ,’ सहमतिपछि दुवै अध्यक्षद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ, ‘समृद्ध वीरगञ्जको सपनालाई सफार पार्न दुवै पार्टीको यो सहमति अपूर्ण रहेको छ । वीरगञ्ज र वीरगञ्जवासीको हित, प्रगति, पूर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्ने उद्देश्यले सहमति भएको छ।'

    स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदै छ । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…