• रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

    बिहीबार रसुवा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका स्थानिय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एव्म रसुवा जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालले बताए । ‘रसवामा पाँचवटा गाउँपालिका रहेका छन्, गोसाईकुण्ड गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले हेर्ने गरि र उत्तरगया, कालिका, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ', उनले भने, । 

    मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचनको कार्यालय स्थापना गरिएसँगै निर्वाचनको कार्यहरु अघि बढाइएको समेत उनले जानकारी दिए । जिल्लामा स्थानियत तहको निर्वाचन सम्पन्न गराउनका लागि उत्तरगया गाउँपालिका मुना अधिकारी ढकाल, कालिका गाउँपालिकामा अशोकराज रेग्मि, नौकुण्ड गाउँपालिकामा कल्पना खतिवडा, आमाछोदिङ्मो गाउँपालिकामा शान्तिप्रसाद लुईटेललाई निर्वाचन अधिकृत तोकिएको छ । 

    त्यसैगरि, बैशाख २३ गतेसम्ममा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइने गरि तयारी भईरहेको समेत नेपालले बताए । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…