मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका १ नं. वडाको उमेद्वार सुक्रबार घोषणा भएको छ ।
आगामी बैशाख ३० गते हुने निर्वाचनमा नगरपालिका १ नं. वडाको अध्यक्ष युवाराज चौलागाई, महिला सदस्यमा खुमा मगर, खुल्ला सदस्यमा समिर राई र कृष्णकुमार राई, दलित सदस्य रेनुका सुन्दास घोषणा भएको हो ।
सुक्रबार पार्टीको वडा ईन्चार्ज भुवनसिंह लिम्बूको उपस्थितिमा भएको बैठकले सर्बसहमत रुपमा उमेद्वार चयन गरेको हो ।
माओवादी केन्द्रको तर्फबाट नगर प्रमुखमा दिनानाथ तिम्सिना र उपप्रमुखमा अनु राई सर्वसहमत उमेद्वार चयन गरिसकेको छ ।
त्यसैगरी ६ नं. वडामा कमल कटुवाल, ७ मा मोहन लिम्बू, १० मा रबिन राईलाई वडा अध्यक्षमा सर्बसहमत उमेद्वार चयन गरेर टोली भोट माग्न गाउँटोल पसेका छन् ।