• पोखरा, ११ वैशाख

    अटेरी अभियान चलाउँदै आएका गनेश पौडेलले पोखराको मेयरमा उम्मेद्‌वारी दिएका छन् । उनको १ नम्बरमा दर्ता भएको छ । अघिल्लो चुनावदेखि नै फरक गतिविधि गर्दै आएका उनले अहिले मेयरमा उम्मेद्वारी दिएका हुन् । अटेरीबाट पोखराका थप १७ वटा वडामा अध्यक्षको उम्मेद्वारी पर्ने भएको छ ।

    आफ्नै लोगो अंकित टिसर्ट लगाएर आएका उनीहरुले उम्मेद्वारी दर्ता गराइरहेका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पौडेलले उम्मेद्वारी दर्ता गराएका हुन् ।

    उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी थिए । दुवैजना पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गरेर मतदान गर्दै छन् । उम्मेद्‌वारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले उम्मेद्‌वारी दिएको बताए ।

    ‘गठबन्धन विरोधी भावना बढेको छ । स्थानीय तहमा दलीयभन्दा स्वतन्त्र उम्मेद्वारले काम गर्न सक्छन् भन्ने मान्यता बढेको छ,’ उनले भने, ‘हामी चुनाव जित्छौं । हाम्रो पक्षमा लहर राम्रो भएको छ ।’ ५५ हजार भन्दा बढी मत ल्याउने उनको दावी छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…